राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजबाट

फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला भलिबल टोलीले मंगलबार (आज) बाट बन्द प्रशिक्षण सुरु गर्ने भएको छ  । प्रतियोगिता अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुने छ । जनस्वास्थ्य मापदण्ड अपनाएर त्रिपुरेश्वस्थित राखेप कभर्ड हलमा प्रशिक्षण सुरु गरिने नेपाल भलिबल संघले जनाएको छ ।

जेठ २१ बाट नै प्रशिक्षण सुरु गर्ने बताइएको भए पनि कोरोना महामारीका कारण  खेलाडी समयमै काठमाडौं आउन नसक्ने भएपछि प्रशिक्षण केही समयका लागि स्थगित गरिएको थियो ।

संघले मुख्य प्रशिक्षकको जिम्मेवारी जगदिश भट्ट र ट्रेनरको जिम्मेवारी अञ्जु श्रेष्ठलाई दिएको छ । 

बन्द प्रशिक्षणका लागि ३० सदस्यीय राष्ट्रिय महिला भलिबलको प्रारम्भिक टोली घोषणा गरिएको छ । ५ खेलाडीलाई भने वैकल्पिकमा राखिएको छ । 
टिममा विनिता बुढाथोकी र नेबिका चौधरीले स्थान बनाउन नसक्दा कृपा अधिकारीले २ वर्षपछि पुनरागमन गरेकी छन् ।

सरस्वती जैसी, झरना श्रेष्ठ, कामना विष्ट, पुजा चौधरी, सृष्टि खड्गी, रिया कुवँर, लक्ष्मी चन्द, वाल्मिका आचार्य र रिमा कुँवरले पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका छन् ।

यस पटक पनि राष्ट्रिय टिममा विभागीय टोलीहरूकै वर्चश्व रहेको छ । त्रिभुवन आर्मी क्लबबाट सर्वाधिक ८, नेपाल पुलिस र एपिएफ क्लबबाट समान ७–७ जनाले  बन्द प्रशिक्षणमा स्थान बनाएका छन् ।



न्यू डायमन्डबाट ७ र भरतपुरबाट १ खेलाडीले बन्द प्रशिक्षणमा स्थान बनाउन सफल भए ।

३० सदस्यीय प्रारम्भिक टोली



त्रिभुवन आर्मी क्लब: कृपा अधिकारी, सृष्टि खड्का, शान्ति थारु, सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, संगम महतो र सरस्वती जैसी

नेपाल पुलिस क्लब:  उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, कमला पुन, मनिषा चौधरी र शान्तिकला तामाङ 

नेपाल एपिएफ क्लब: सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, हिरा केसी,  कविता भट्ट, उषा कुमारी विष्ट र पुजा चौधरी

न्यू डायमन्ड: प्रतिभा माली, अरुणा शाही, वाल्मिका आचार्य, सलिना श्रेष्ठ, रिया कुवँर, झरना श्रेष्ठ र रिमा कुवँर

भरतपुर:  सरस्वती कट्टेल 

वैकल्पिक खेलाडी: आरती सुवेदी (भरतपुर), पुष्पा शाही (ढोरपाटन), प्रगती नाथ (न्यू डायमन्ड), निशा चौधरी (भरतपुर) र पुष्पा चौधरी (नेपाल पुलिस क्लब) 

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १०:४६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया