तातोपानीमै रोकिए टिचिङ र वीर अस्पतालका अक्सिजन प्लान्ट

लगातारको वर्षाका कारण सडकमार्ग अवरुद्ध हुँदा विभिन्न अस्पतालका लागि चीनबाट आएका अक्सिजन प्लान्ट चिनियाँ नाकामै रोकिएका छन् । सिन्धुपाल्चोकको तातोपानी नाकामा आइपुगेका स्वास्थ्य सामग्री रोकिएका हुन् । 

वर्षाका कारण तातोपानी नाकाबाट काठमाडौं आउने सडकको लिपिङ पुल भत्किएपछि अक्सिजन प्लान्ट बोकेको कन्टेनर तातोपानी नाकामै रोकिएको हो । मितेरी पुलभन्दा २०० मिटर तल रहेको उक्त पुल लगातारको वर्षाका कारण भासिएको छ । 

तातोपानीमा रोकिएको कन्टेनरमा काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट रोकिएका हुन् । तीनवटा अस्पतालका लागि विध म्यानेजमेन्टले चीनबाट अक्सिजन प्लान्ट ल्याएको थियो । 

दातृ निकायहरुको सहयोगमा ठूला अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानी भन्सार यार्डमा रोकिएपछि एयर लिफ्टिङ गरेर ल्याउनका लागि पहल भइरहेको बताइएको छ । 

तातोपानी भन्सारमा ५० क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान, ३० क्युविक मिटर प्रतिघण्टाको २ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान अक्सिजन प्लान्ट रोकिएका हुन् । 





  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १४:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया