तनहुँका दुई अस्पताललाई ३० लाखको स्वास्थ्य सामग्री सहयोग

कारितास नेपालले तनहुँका दुई अस्पताललाई रु ३० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि यस संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोगमा सदरमुकामस्थित दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

दमौली अस्पताललाई रु १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । ती सामग्री कारितास नेपालका प्राविधिक संयोजक राजेश सुनुवार र कार्यक्रम संयोजक हरिसिं कुँवरले दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई हस्तान्तरण गरे । 

दमौली अस्पताललाई शय्या, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाइजर, पिपिई, पञ्जा, फेससिल्ड, स्यानिटाइजर लगायतका सामग्री सहयोग गरिएको छ । त्यस्तै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि अस्पताल शय्या, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाइजर, पिपिई, पञ्जा, फेससिल्ड, स्यानिटाइजर लगायतका सामग्री सहयोग गरिएको छ ।

कोभिड-१९ न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्झौता गरी सामग्री हस्तान्तरण गरिएको कुँवरले जानकारी दिए । उनका अनुसार सो संस्थाले गण्डकी प्रदेशअन्तर्गतका विभिन्न अस्पताललाई रु १ करोड २० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गर्नेछ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने र कोभिड सङ्क्रमितको उपचारमा सहयोग पुग्ने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले माग गरेका सामग्री सहयोग प्राप्त हुँदा कोभिड उपचारमा सहज वातावरण सिर्जना भएको बताए । विभिन्न सङ्घसंस्थाको सहयोगमा अस्पताललाई सामग्री सहयोग भइरहेको डा पौडेलले जानकारी दिए ।

दमौली अस्पताल र जिपीका अलवा गोरखा अस्पतालका लागि रु १३ लाख ३७ हजार ४१२, लमजुङ अस्पतालका लागि रु १३ लाख ६५ हजार ८४९, सरुवा रोग सङ्क्रामक अस्पताल पोखराका लागि रु १९ लाख २८ हजार ४६८, आँपपीपल अस्पताल गोरखाका लागि रु ८ लाख ३१ हजार ९१७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु ३५ लाख ८२ हजार ६०८ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिने संस्थाले जनाएको छ ।





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १८:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया