युरो कप : इङ्ल्यान्ड गोल नखाई सेमिफाइनल पुग्ने पहिलो टोली

युरो कप अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनमाथि ४-० को जित निकाल्दै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

१९९६ पछि पहिलोपटक युरो सेमिफाइनलमा स्थान बनाएको इङ्ल्यान्डले यो जितसँगै एक कीर्तिमान पनि आफ्नो नाममा बनाएको छ । इङ्ल्यान्ड एक गोल पनि नखाई युरो कपको सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो ।

इङ्ल्यान्डले समूह चरणमा क्रोएसिया र चेक गणतन्त्रलाई समान १-० ले पराजित गर्दा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । 

इङ्ल्यान्डले अन्तिम १६ मा उपाधिको बलियो दाबेदार मानिएको जर्मनीमाथि २-० को जित दर्ता गर्‍याे । 

इङ्ल्यान्डले सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले चेक गणतन्त्रलाई २-१ ले हराउँदै सन् १९९२ पछि पहिलोपटक युरो कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 
 
 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार ७:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया