वीर अस्पतालमा ८३१ कर्मचारी दरबन्दी थप

मुलुककै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा ८ सय ३१ कर्मचारीको दरबन्दी थप भएको छ । सरकारले १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिवसहित ८ सय ३१ कर्मचारी दरबन्दी थप गरेको हो।

२१ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । कर्मचारी दरबन्दीसँगै वीर अस्पतालमा शय्या पनि बढाइएको छ । यसअघि सो अस्पतालमा ४ सय ६० शय्या रहेका थिए । त्यसलाई बढाएर ९ सय ६६ शय्या बनाइएको छ। 

यसअघि सातवटा एकाइ रहेको वीरमा दुई एकाइ थपेर नौवटा एकाइ पुर्याइएको छ । यस्तै, १९ विभाग रहेकामा १० वटा थप गरी २९ वटा विभाग बनाइएको छ ।  





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १९:५३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया