युरो कप : डेब्युमै उत्कृष्ट प्रदर्शन गरेका ५ खेलाडी

युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप सम्पन्न भएको छ । जुन ११ देखि सुरु भएको प्रतियोगिताको १६ औँ संस्करण इटालीलाई विजेता बनाउँदै जुलाई ११ मा सकिएको हो ।

युरोपका ११ सहरमा आयोजना भएको युरो कप फाइनल इङ्ल्यान्डको लन्डन स्थित वेम्बली स्टेडियममा खेलाइएको थियो ।

इटालीले घरेलु टोली इङ्ग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले पराजित गर्दै दोस्रोपटक युरो कप उपाधि हात पार्‍यो । यसअघि उसले सन् १९६८ मा युरो उपाधि उचालेको थियो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलेको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।

कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको युरो कपमा विश्व चर्चित खेलाडीहरूको छायाँबाट माथि उठ्दै डेब्यु गरेका केही खेलाडीले भने आफूलाई प्रमाणित गरे । 

युरो डेब्युमै उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडी



स्टिभेन जुबेर (स्विट्जरल्यान्ड)



युरो कपको १६ औँ संस्करणमा चम्किएका खेलाडी हुन्, स्टिभेन जुबेर । उनले स्विट्जरल्यान्डलाई क्वाटरफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिक निर्वाह गरे ।

२९ वर्षीय मिडफिल्डर जुबेर विपक्षीलाई छक्याउँदै गोलका लागि अवसर सिर्जना गर्न माहिर मानिन्छन् । उनले युरो कपमा ४ गोलका लागि अवसर सिर्जना गरे जुन प्रतियोगिताकै सर्वाधिक हो ।

जर्मन क्लब फ्रान्कफर्टबाट व्यावसायिक फुटबल खेल्ने जुबेरले सन् २०१७ मा सनियर टोलीबाट डेब्यु गरेका थिए । उनले टोलीका लागि ४१ खेलमा ८ गोल गरेका छन् ।

कास्पर डोलबर्ग (डेनमार्क)

डोलबर्गले पनि युरो कपकमा राम्रो प्रभाव छाड्न सफल भए । अन्डरडग टोली डेनमार्कलाई सेमिफाइनलसम्म पुर्‍याउन प्रभावशाली प्रदर्शन गरेका उनले ३ गोल गरे ।

फ्रेन्च क्लब नाइसबाट व्यावसायिक फुटबल खेल्दै आएका २३ वर्षीय फरवार्ड डोलबर्गले सिनियर टोलीका सन् २०१६ मा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि ३० खेलमा १० गोल गरेका छन् ।

प्याट्रिक सिक (चेक गणतन्त्र) 

युरो डेब्युमै चम्किएका अर्का खेलाडी हुन्, प्याट्रिक सिक । उनले चेक गणतन्त्रलाई क्वाटरफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

सिक र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले समान ५-५ गोल गरे जुन प्रतियोगिताको सर्वाधिक हो तर १ गोलका लागि अवसर पनि सिर्जना गरेका करण गोल्डेन बुट भने रोनाल्डोलाई दिइयो ।

२५ वर्षीय फरवार्ड सिक हाल जर्मन क्लब बायर लिभरकुसेनबाट व्यावसायिक फुटबल खेलाडी रहेका छन् । सन् २०१६ मा सिनियर टोलीका लागि डेब्यु गरेका उनले ३१ खेलमा १६ गोल गरेका छन् ।

पेड्री (स्पेन)

पेड्री युरो कपले पाएको उत्कृष्ट युवा खेलाडीमध्ये एक हुन् । यी १८ वर्षीय मिडफिल्डरले युरोमा राम्रो प्रभाव छाड्न सफल भए ।  

स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निवार्ह गरेका पेड्री विपक्षीलाई दबाबमा राख्दै उत्कृष्ट मुभ बनाउ माहिर मान्छिन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका पेड्रीले यही वर्ष सिनियर टोलीका लागि डेब्यु गरेका थिए । उनले टोलीका लागि १० खेल खेलेका छन् ।

उत्कृष्ट प्रदर्शन गरेका पड्रीले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि हात पारे ।

जियानलुजी डोनारुम्मा (इटाली)

इटालीले युरो कपको उपाधि उचाल्दाका नायक हुन् गोलरक्षक डोनारुम्मा । उनले प्रतियोगिताका ७ खेलमा ३ क्लिन सिट राख्दा ४ गोल बेहोरे ।

२२ वर्षीय डोनारुम्माले फाइनलमा इंग्ल्यान्डविरुद्ध २ पेनाल्टी बचाउ गर्दै इटालीलाई दोस्रो युरो कप उपाधि दिलाउन मद्दत गरे । यसअघि इटालीले सन् १९६८ को युरो उपाधि हात परेको थियो ।

इटालियन क्लब एसी मिलानबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँग अनुबन्ध नजिक पुगेका डोनारुम्माले सन् २०१६ मा सिनियर टोलीका लागि डेब्यु गरेका थिए । उनले देशका लागि ३३ खेल खेलेका छन् ।

डोनारुम्मा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पनि घोषित भए । उनी युरो इतिहासमा सर्वोकृष्ट खेलाडी घोषित हुने पहिलो गोलरक्षक हुन् ।

एजेन्सीको सहयोगमा

  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १७:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया