सुदूरपश्चिममा ८ जना युवाले पाए प्रदेश युवा प्रतिभा सम्मान

सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले ८ जना युवाहरुलाई सम्मान गरेको छ । सोमबार प्रदेशका अन्तर्राष्ट्रिय खेलाडीदेखि विश्व कीर्तिमानी सम्मलाई परिषद्ले सम्मान गरेको हो ।

सम्मान पाउनेहरूमा शरीरका विभिन्न ७ वटा अङ्गले लेख्न सक्ने मनोजकुमार चन्द, लागूपदार्थ तथा दुर्व्यसनमा रहेका युवाहरूलाई पुनःस्थापना गर्दै आएका कल्पिस कुँवर, युवा उद्यमी मानसिंह साउद, अन्तर्राष्ट्रिय खेलाडी प्रकाशकुमार चन्द, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्यजन्तुको खोज र वातावरण संरक्षणमा केन्द्रित धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको हो । 

जोशीले १२४ घण्टा २० मिनेट अर्थात् ६ दिन ५ रात निरन्तर बढेर विश्व कीर्तिमान कायम गरेका थिए । 

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मना साउदबाट नगद ३५ हजार सहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरिएको हो । 

सम्मानित हुनेहरुले युवाहरुले आफूहरुले गर्दै आएको कामको प्रोत्साहन र सम्मानको सधैँ खाँचो रहेको बताएका थिए ।





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १६:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया