यी हुन् हालसम्म युरो कप उपाधि उचाल्ने टोली

युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप सम्पन्न भएको छ । जुन ११ देखि सुरु भएको प्रतियोगिताको १६औँ संस्करण इटालीलाई विजेता बनाउँदै जुलाई ११ मा सकिएको हो । 

युरोपका ११ सहरमा आयोजना भएको युरो कप फाइनल इंग्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा खेलाइएको थियो । 

इटालीले घरेलु टोली इंग्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै दोस्रोपटक युरो कप उपाधि हात पार्यो । यसअघि उसले सन् १९६८ मा युरो उपाधि उचालेको थियो । 

निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलेको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । 

युरो कपको ६० वर्षे इतिहासमा हालसम्म १० टोली विजेता बनेका छन् । जसमा जर्मनी र स्पेनले सर्वाधिक ३–३ पटक उपाधि हात परेका छन् ।

फ्रान्स र इटालीले समान २–२ उपाधि हात पार्दा, पोर्चुगल, नेदरल्यान्ड, डेनमार्क , चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र), ग्रिस र सोभियत संघ (हाल रुस)ले समान १–१ पटक युरो कप उपाधि उचालेका छन् । 



यस्तो छ युरो कप फाइनलको इतिहास 

१९६० 
आयोजक : फ्रान्स 
सहभागी टोली : ४
विजेता : सोभियत संघ (हाल रुस)
उपविजेता : युगोस्लाभिया 
नतिजा : २–१



१९६४ 
आयोजक : स्पेन
सहभागी टोली : ४
विजेता : स्पेन 
उप विजेता : सोभियत संघ
नतिजा २–१

१९६८ 
आयोजक : इटाली
सहभागी टोली : ४
विजेता : इटाली
उप विजेता : युगोस्लाभिया
नतिजा : २–० (पहिलो खेल १–१ को बराबरीमा सकिएपछि पुनः खेलाइएको थियो)

१९७२
आयोजक : बेल्जियम
सहभागी टोली : ४
विजेता : पश्चिम जर्मनी (हाल जर्मनी ) 
उप विजेता : सोभियत संघ
नतिजा : ३–० 

१९७६
आयोजक : युगोस्लाभिया
सहभागी टोली : ४
विजेता : चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र)
उपविजेता : पश्चिम जर्मनी
नतिजा : ५–३ (निर्धारित र अतिरिक्त समय २–२ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुट आउटबाट लगाइएको हो )

१९८० 
आयोजक : इटाली
सहभागी टोली : ८
विजेता : पश्चिम जर्मनी
उपविजेता : बेल्जियम
नतिजा : २–१ 

१९८४ 
आयोजक : फ्रान्स
सहभागी टोली : ८
विजेता : फ्रान्स
उपविजेता : स्पेन
नतिजा : २–० 

१९८८
आयोजक : पश्चिम जर्मनी
सहभागी टोली : ८
विजेता : नेदरल्यान्ड
उपविजेता : सोभियत संघ
नतिजा : २–० 

१९९२ 
आयोजक : स्विडेन
सहभागी टोली : ८
विजेता : डेनमार्क 
उपविजेता : जर्मनी
नतिजा २–०

१९९६
आयोजक : इंग्ल्यान्ड
सहभागी टोली : १६
विजेता : जर्मनी
उपविजेता : चेक गणतन्त्र
नतिजा : २–१ ( विजेताको टुंगो गोल्डेन गोलबाट लगाइएको हो ) 

२०००
आयोजक : बेल्जियम र नेदरल्यान्ड
सहभागी टोली : १६
विजेता : फ्रान्स
उप विजेता : इटाली
नतिजा : २–१ ( विजेताको टुंगो गोल्डेन गोलबाट लगाइएको हो)

२००४ 
आयोजक : पोर्चुगल
सहभागी टोली : १६
विजेता : ग्रिस
उपविजेता : पोर्चुगल
नतिजा : १–०

२००८
आयोजक : अस्ट्रिया र स्विट्जरल्यान्ड
सहभागी टोली : १६
विजेता : स्पेन 
उपविजेता : जर्मनी 
नतिजा : १–०

२०१२ 
आयोजक : पोल्यान्ड र युक्रेन
सहभागी टोली : १६
विजेता : स्पेन 
उपविजेता : इटाली
नतिजा : ४–०

२०१६
आयोजक : फ्रान्स
सहभागी टोली : २४
विजेता : पोर्चुगल 
उपविजेता : फ्रान्स 
नतिजा : १–०

२०२०
आयोजक : युरोपका विभिन्न ११ सहर
सहभागी टोली : २४
विजेता : इटाली
उपविजेता : इंग्ल्यान्ड
नतिजा ३–२ (निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुट आउटबाट लगाइएको हो)

  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १६:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया