भारतमा थप ३८ हजार संक्रमित, ५६० मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ५६० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख १३ हजार ९१ पुगेको छ ।

अहिले भारतमा ४ लाख २५ हजार २५ सक्रिय संक्रमित रहेका छन् । हालसम्म ३ करोड २ लाख २७ हजार ७९२ निको भइ घर फर्किसकेको छन् ।

भारत संक्रमितको हिसाबले विश्वको दोस्रो र मृत्युको हिसाबले तेस्रो स्थानमा अवस्थित छ । 

 
 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १०:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया