संसद सचिवालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

संघीय संसद सचिवालयमा कार्यरत तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालयले संघीय संसदको अधिवेशनअघि आठ सय १ जनाको एन्टिजेन परीक्षण गराएको थियो । तीमध्ये तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएका तीन कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ ।

सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १८:१५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया