देउवालाई विश्वासको मत दिनेमा गनिएकी सांसद सर्लाहीमै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदैछन् । देउवाले हठात् निर्णय गर्दै आजै विश्वासको मत लिने निर्णय गरेका हुन् । 

तर देउवालाई विश्वासको मत दिनेमा गणना गरिएकी एक सांसद सर्लाहीमै छिन् । जनता समाजवादी पार्टीकी सांसद रुहीनाज मिकरानी आइतबार मध्यान्ह साढे १२ बजेसम्म सर्लाहीमै रहेकी छिन् । यसअघि उनी जसपाको ठाकुर पक्षमा थिइन् । उनी आफ्नो पक्षमा आएको जानकारी उपेन्द्र यादव पक्षले शनिबार मात्रै दिएको थियो ।

मिकरानीलाई उपेन्द्रको नेतृत्वमा रहेको समाजवादी पार्टीले समानुपातिक सांसद बनाएको थियो । उनी ओली सरकारमा सहभागी हुने बेला यादवलाई छाडेर ठाकुर पक्षमा लागेकी थिइन् । 

करिब १ महिनादेखि सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित घरमै रहेकी उनलाई आइतबार संसदमा विश्वासको मत दिने विषय जानकारी थिएन । 

अहिले काठमाडौं आउन सम्भव नभएको मिकरानीले बताइन् । कम्तिमा ७२ घण्टाको जानकारी दिनुपर्नेमा त्यसो नगरिएको उनको गुनासो छ ।

विमानबाट काठमाडौं आउनका लागि पनि नजिकको विमानस्थल सिमरा आउन ३ घण्टा लाग्ने उनी बताउँछिन् ।  ‘अब आउन सम्भव नै छैन, कसरी आउने बेलैमा खबर भएन म आउँदिन’ उनले फरकधारसँग भनिन्। 



सांसदहरु को कहाँ छन् भन्ने नबुझी कन निर्णय नगरी एक्कासी विश्वासको मत लिन निर्णय ठीक नभएको उनको भनाइ छ । 



  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १२:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया