बुढेसकालमा यी कुरामा ध्यान दिनुहोस, स्वस्थ रहनुहुन्छ

हरेक मानिसमा बुढेसकाल एक पटक आउने त निश्चित नै छ । यसलाई रोक्न, हटाउन सकिँदैन । बुढेसकाल लागेसँगै मानिसलाई विभिन्न रोगहरुले सताउने गर्छ, कमजोर बनाउने गर्छ । हामीले केही कुरामा ध्यान दियौं भने यो उमेरमा पनि स्वस्थ रहन सकिन्छ । 

कुन कुन रोगबाट कसरी बच्न सकिन्छ ? कसरी स्वस्थ र फुर्तीलो रहन सकिन्छ ? यहाँ केही टिप्सहरु उल्लेख गरिएको छ । 

खानपान : प्राय मानिस वृद्ध हुँदै जाँदा खानेकुराहरु के खाने के नखाने भन्ने पिर भईरहन्छ । उमेर बढ्दै जाँदा क्यालोरीको आवश्यकता कम हुँदै जान्छ । खानाको मात्रा पनि घट्दै जान्छ र तिर्खा पनि कम लाग्छ । यसकारण शरिरमा डिहाइड्रेसनको पनि जोखिम हुन्छ । उमेर बढ्दै जाँदा भिटामिन डि, बी र क्याल्सियमयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ । पानी पनि प्रशस्त खाने गरे कुनै पनि विशेषज्ञको आवश्यकता पर्दैन । 

व्यायाम : मानसिक र शारीरिक व्यायामको समेत उत्तिकै आवश्यकता पर्छ । दैनिक करीब १५ मिनेट हिँड्ने, साइकल चलाउने, स्ट्रेचिङ्ग, व्यालेन्स तथा केही भारोत्तोलन पनि गर्नुपर्छ । शारीरिक व्यायामले शरिर र दिमाग दुवैलाई स्वस्थ रहन्छ । 

नियमित मेडिकल जाँच: यदि रक्तचाप, मधुमेह आदिबाट ग्रस्त हुनुहुन्छ भने नियमित चिकित्सकको सम्पर्कमा रहनु पर्छ । यो सँगै बुढेसकालमा महिलाको स्तन क्यान्सर हुने सम्भावना २५ प्रतिशतले वृद्धि हुन्छ, जसले गर्दा नियमित स्वास्थ्य परिक्षण गर्नु आवश्यक छ । 

लड्न सक्ने आशंकाः उमेर बढेसँगै मानिसको शारिरीक सन्तुलन बिग्रन सक्छ । करीब ६५ वर्षको उमेरमा ३५ प्रतिशत शारीरिक सन्तुलन बिग्रन सक्छ र ८० वर्षको उमेरमा ५० प्रतिशत बिग्रन सक्छ । मांशपेशीमा शक्ति कम हुनु, दिमागको नशामा रक्त प्रवाह कम हुनु, आँखाको रोशनी कम हुनु आदि कारणले शारीरिक सन्तुलन बिग्रन सक्छ, यसका लागि विभिन्न औषधिहरु सेवन गर्न जरुरी छ । 
 



पिशाब नियन्त्रण : बुढेसकालमा धेरै मानिसलाई पिशाब चुहिने समस्या देखिन्छ । शारीरिक दुर्बलताका कारण यो समस्या देखिने गर्छ । हाँस्दा, बोल्दा समेत पिसाब अनियन्त्रित हुन सक्छ । घरमा भएका वृद्धवृद्धालाई यो समस्या छ कि छैन विशेष ध्यान दिनुपर्छ । प्रोस्टेटको विरामी, पिशाब इन्फेक्सन, पत्थरी, पेल्भिसको मांसपेशी कम सक्रिय हुनु आदि कारणले यो समस्या देखिन सक्छ । यस्तो समस्या भएमा चिकित्सकको सल्लाह अनुरुप शल्यक्रिया गराउन वा औषधि सेवन गरेर स्वस्थ रहन सकिन्छ । 



  • प्रकाशित मिति : असोज १४, २०७५ आइतबार १०:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया