आजबाट जोन्सन एन्ड जोन्सनको खोप लगाइने, यी हुन् खोपकेन्द्र

अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले बनाएको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम आजबाट नेपालमा सुरु हुँदैछ ।

अमेरिकाले यो खोप नेपाललाई अनुदानमा दिएको हो । 

अमेरिकाले अनुदानमा दिएको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप यसअघि २८ असारमा नेपालमा ल्याइएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई लगाउने सरकारको नीति रहेको छ ।

काठमाडौं उपत्यकामा मात्र यो खोप ४४ खोप केन्द्रमा लगाइने छ । यो खोप ६ गतेसम्म लगाइने भएको हो ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ७:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया