देउवालाई मोदीको टेलिफोन, चाँडै खोप उपलब्ध गराउने आश्वासन
फाइल तस्बिर

प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिएका छन् । देउवाले संसदबाट विश्वास मत पाएपछि मोदीले टेलिफोन गरेर बधाई दिएका हुन् । 

बधाई दिनका लागि गरेको टेलिफोन कुराकानीका क्रममा मोदीले नेपाललाई कोरोना खोप चाँडै नै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सर्वोच्च अदालतको आदेशपछि असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको चार दिनपछि हिजो उनले विश्वासको मत लिएका थिए । 

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै मोदीले ट्विटरमार्फत बधाई दिएका थिए ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १६:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया