‘राष्ट्रपति बनेपछि धेरै सजग भएको छु’-जो बाइडेन

अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपति बनेपछि धेरै सजग भएको बताएका छन् । सिएनएनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले भने,‘चुनाव जितेपछि जब म पहिलो पटक सिँढीबाट तल झरेँ तब उनीहरूले ‘हेल टु द चिफ’ नामक गीत बजाए । अनि मैले चिफ कहाँ छ भनी प्रश्न गरेँ । म मान्छु कि यति ठूलो जिम्मेवारी पाएपछि तपाईं सजग हुनुहुन्छ  । तपाईं सजग महसुस गर्नुहुन्छ । यद्यपि म बताउन चाहन्छु कि पदकाे साथमा मिल्ने शक्तिकाे कारणले भने यस्ताे भएकाे हाेइन । ’

बाइडेनले कार्यक्रममा सबै अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि अनुरोध गर्दै अमेरिकामा फेरि संक्रमण बढ्ने कुरामा पनि चिन्ता व्यक्त गरे ।

भ्याक्सिन लगाएका अमेरिकी मानिसका लागि महामारी समाप्त भएको उनको भनाइ छ ।

अमेरिका काेराेना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हाे । हालसम्म यहाँ ६ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार ७:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया