नेपाली सुटर कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
टोकियो ओलम्पिक अन्तर्गत शनिबार विहान ओसाका सुटिङ रेन्जमा ६१६.८ अंक जोड्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
कल्पनाले आफ्नै नाममा रहेको ६१४.५ अकंको कीर्तिमान तोडिन् । उनले यो कीर्तिमान १३ औँ दक्षिण एसियाली खेलकुदमा कायम गरेकी थिइन् ।
कल्पनाले पहिलो सिरिजमा, १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौथोमा १०४.१ पाँचौमा १०३.४ र छैटौँ तथा अन्तिम सिरिजमा १००.७ अंक जोडिन् ।
राष्ट्रिय कीर्तिमान बनाए पनि कल्पना फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा ४६ औँ स्थानमा रहिन् ।
छनोट चरणका शीर्ष ८ टोलीले फाइनल चरणमा स्थान पक्का गरे ।
कल्पनाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् ।
टोकियो ओलम्पिकमा नेपालकोे तर्फबाट ५ खेलाडीले सहभागिता जनाएका छन् । शनिबार नै जुडोकी सोनिया भट्टले रुसीकी डाेल्गाेभा इरिनासँग प्रतिस्पर्धा गर्नेछिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।