राजकिशोरले महन्थलाई साथ नदिने

जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुरलाई साथ दिन नसक्ने बताएका छन् । अल्पमतमा परेको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरिरहेका बेला यादवले सो भनाइ राखेका हुन् । 

शनिबार महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले शनिबार राखेका छुट्टाछुट्टै बैठकमा सहभागी भएका यादवले पार्टीलाई फुटमा जान नदिन आफूले यस्तो निर्णय लिएको बताएका छन् । 

निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । उपेन्द्र पक्षले बहुमत कार्यकारिणी सदस्य र सांसदसहित सोमबार निर्वाचन आयोग जाने तयारी गरेको छ । 

यादव पक्षले बालकुमारीमा आयोजना गरेको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्दै राजकिशोरले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेको बताए । 

ठाकुर पक्षको बैठकमा गएर उनले आफू एकताको पक्षमा रहेको र नयाँ पार्टी गठन गर्न खोजे साथ दिन नसक्ने बताएका हुन् ।

यादवको जवाफमा अध्यक्ष ठाकुरले आफूहरुले पनि फुट नचाहेको, तर अहिले एकताको वातावरण नभएको बताएका थिए । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १९:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया