एमालेमा ओलीले आफूहरुलाई स्पेस नदिने नेपालको बुझाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई अब एमालेमा स्पेस नदिने बताएका छन् । त्यसैले तत्काल पार्टी एकता हुने सम्भावना पनि कम हुँदै गएको उनले बताएका छन् ।

आज काठमाडौंमा बोलाइएको केन्द्रीय समिति बैठकमा नेपालले ओलीले एमालेमा अब आफूहरुलाई स्पेस नदिने निश्चित भएको बताएका हुन् ।

यति भन्दा भन्दै पनि नेपालले पार्टी एकताका लागि आफू तयार रहेको पनि बताएका छन् ।

यसका लागि आफूहरुले संयम अपनाउने पनि उनले बताएका छन् । यसका साथसाथै उनले आफूहरु सरकारमा जान गठबन्धन नबनाएकाले अहिले तत्काल सरकारमा नजाने संकेत गरेका छन् । सरकारमा नगए पनि उनले आफूहरुले बनाएको गठबन्धन पनि नछोड्ने बताएका छन् ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार २०:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया