जनकपुर विमानस्थलको छाना खस्दा एक युवक घाइते

जनकपुरधाम विमानस्थलको छाना खस्दा एक युवक गम्भीर घाइते भएका छन् । 
विमानस्थलमा फल सिलिङको लागि प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनुषाको धनौजी गाउँपालिका ५ का ३९ वर्षीय उसलेन खान गम्भीर घाइते भएका हुन् । 

शुक्रबार जनकपुरधाम विमानस्थलको छानामुनी बसिरहेका उसलेनको शरीरमाथि अचानक सिमेन्ट बोर्ड खस्दा उनी गम्भीर घाइते भएका छन् । उनी गाडी चालक रहेको र विमानस्थलमा यात्रीको प्रतिक्षामा बसेको विमानस्थल प्रमुख किरण गौतमले जानकारी दिए । 

जनकपुरधामस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको उसलेनको टाउकोमा १५ वटा टाँका लगाइएको छ । जनकपुरधाम विमानस्थलको कार्य सम्पन्न भएको ६ महिना नबित्दै छाना माथिबाट प्लाई र फलामका ठूल्ठूला छडहरू झर्न थालेका छन् ।

विमानस्थलमा ४२ करोड रुपैयाँको लागतमा नयाँ प्रविधिमार्फत निर्माण गरिएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त बन्न थालेको छ । ४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्णरूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ । 

यो बिलकुलै नयाँ प्रविधि हो, जुन नेपालका अन्य विमानस्थलहरूमा प्रयोग गरिएको छैन । तर, निर्माण सम्पन्न भएको केही दिनमै कन्ट्रोल टावर क्षतिग्रस्त हुँदा यसको गुणस्तरीयता माथि भने प्रश्न उठेको छ । 

जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७७ मंसिर २३ गते उद्घाटन गरेका थिए ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १३:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया