आफ्नै आत्मविश्वाससँग भरोसा गर्ने सुनिता दुलाल

नेपाली लोक गायन क्षेत्रमा गायिका सुनिता दुलालको आफ्नै स्थान छ । सिन्धुपाल्चोकको जलबिरेमा जन्मिएकी दुलालको विशेष गरी तीज गीतमा छुट्टै पहिचान बनाउन सफल छिन् । यतिमात्र नभई उनका लोकविधाका पृथक गीत पनि आइरहेकै छन् । सांगीतिक यात्राकै क्रममा उनी विश्वका विभिन्न देशमा पुगेकी छिन् । असल कर्ममा विश्वास गर्ने दुलाल आफ्नै परिवारलाई प्रेरणाको स्रोत मान्छिन् । 

उनै गायिका दुलालले आफ्नो जीवनका बारेमा यसरी बताएकी छिन् :

मेरो प्रेरणा : परिवार
मेरो आशा : दर्शक
मेरो विश्वास : असल कर्ममा

मेरो करियर : गीत/संगीत
मेरो प्रेम : निःस्वार्थ

मेरो समर्पण : स्वाभिमान
मेरो इच्छा : इमान्दार बन्ने  
मेरो आदर्श : आमाबुवा 
मेरो आकांक्षा : थोरै
मेरो बलियो पक्ष : आँट 
मेरो घर : दुःख बिसाउने चौतारी 

मेरो कमजोरी : चाँडै विश्वास गर्ने
मेरो लत : गायन 
मेरो दृढता : पेसाप्रति 



मेरी आमा : भगवान
मेरो सोच : फराकिलो 
मेरो परिवार : शक्ति 
मेरो भरोसा : आफ्नै आत्मविश्वास 
मेरो जीवन : यो जीवन भगवानको सुन्दर र सुनौलो उपहार हो । आफ्नो जीवनदेखि म खुसी र सन्तुष्ट छु । यो अमूल्य वरदान पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु ।
 

 



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार ८:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया