पार्टी झण्डै विभाजनको मोडमा छ, ओली अहंकारको घोडामा सवार छन् : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडामा सवार भएको बताएका छन् । जनवर्गीय संगठनले भर्चुअल माध्यमबाट गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । 

अध्यक्ष ओलीलाई पार्टीको चिन्ता नभएको भन्दै नेपालले उनी गुटको मात्रै नेता भएको टिप्पणी गरे । ‘उहाँ आफ्नो पद कसरी जोगाउने भनेर पद जोगाउनका लागि लाग्नुभएको छ,’ ओलीमा आत्मालोचनाको प्रवृत्ति नभएको नेपालले बताए । 

नेपालको कम्युनिस्ट आन्दोलन चुनौतीको बीचमा उभिएको बताउँदै नेता नेपालले भने, ‘एमाले झण्डै विभाजनको मोडमा उभिएको छ । विभाजनको दिशामा लिएर जान ओली लागि पर्नुभएको छ । उहाँले पार्टीलाई एकताको पक्षमा लान चाहनुभएको छैन । उहाँ अहंकारको घोडामा सवार हुनुभएको छ ।’
 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १७:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया