माधव नेपालको सूचीमा वामदेव पत्नी पनि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेर अगाडि बढ्ने अन्तिम तयारी गरेका छन् ।

नेपालले यसका लागि केन्द्रीय सदस्य तथा सांसदहरुको हस्ताक्षर अभियान पनि सुरु गरिसकेका छन् । नेपालको समूहबाट सकेसम्म धेरै सांसद तथा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलनका लागि नेता राजेन्द्र पाण्डेले जिम्मेवारी लिएका छन् ।

स्रोतका अनुसार नेपालले वामदेव गौतमले पनि आफूलाई साथ दिने वचन दिएको बताएका छन् ।

यसअघि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पुगेका एमाले उपाध्यक्ष गौतम अध्यक्ष केपी शर्मा ओलीसँग रिसाएर त्यहाँबाट निस्किएका थिए । उनले पछिल्लो समय ओलीका कदमको आलोचना गर्दै आएका छन् ।

यही आधारमा पनि नेपालले वामदेव गौतमलाई आफ्नो पक्षमा आएको बिफ्रिङ आफूनिकट नेताहरुलाई पनि दिन थालेका छन् ।

अर्कोतिर, पार्टी विभाजन गरेर अगाडि बढ्न परेको खण्डमा आफूलाई आवश्यक सांसदहरुको सूचीमा नेपालले वामदेवपत्नी तुलासा थापालाई पनि समावेश गरेका छन् । थापालाई आफ्नो पक्षमा ल्याएकाले नयाँ पार्टी गठन गर्दा आफूहरुसँग २० प्रतिशतभन्दा धेरै सांसद पुग्ने नेपाल पक्षको अनुमान छ । 



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य पुर्याएमा नयाँ पार्टी गठन गर्न पाइने गरि अध्यादेश ल्याएको छ । अध्यादेश आज राष्ट्रपति कार्यालयले जारी गर्दैछ ।



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार ८:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया