लुम्बिनी प्रदेशका वन नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले सोमबार विश्वासको मत लिने भएका छन् ।
माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका केसी सोमबार प्रदेश सभाबाट विश्वासको लिने भएका हुन् ।
१ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको भएपनि २ बज्न लाग्दा समेत बैठक सुरु हुन सकेको छैन ।
केसी कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहितको समर्थनमा साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालेले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रदेशसभा परिसरमा एमालेका सांसदहरु नाराबाजी गरिरहेका छन् । प्रदेशसभा परिसरमा अहिले माओवादी र कांग्रेस संसदीय दलको बैठक चलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।