अष्टलक्ष्मीका मन्त्री खनाल माधव नेपालकाे एकीकृत समाजवादीमा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनाल नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका छन् । माधव नेपालले एमाले विभाजन गरेर बनाएको समाजवादी दर्तामा उनको ५२औँ नम्बरमा छ । नेपालको पक्षमा एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । 

तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपाल निकट रहेका खनाल मन्त्रीमा शपथ लिएको एक सातापछि समाजवादीतर्फ खुलेका हुन् । खनाल डोरमणि पौडेल मुख्यमन्त्री हुँदा सत्तापक्षबाटै आलोचना गर्ने प्रदेशसभा सदस्यमध्ये एक हुन् । 

मन्त्रीको सपथ खाएपछि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकै अगाडि खनाललाई एमालेमै रहने प्रतिबद्धता गरेबमोजिम मन्त्री बनाएको बताएका थिए । पौडेलले एमाले छाडे उनको मन्त्री पद पनि जाने पौडेलले बताएका थिए । 

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले सामाजिक विकासमन्त्री कृष्ण खनाल चन्द्रागिरिमा भएको बैठकमा सहभागी भएको जानकारी पाएको बताए । 

समाजवादीतर्फ लागेको अनौपचारिक जानकारी पाए पनि खनाल सम्पर्कमा नआएको उनले बताए। उनले भने, ‘हाम्रो दलले हिजो मंगलबार रातिदेखि सम्पर्कमा ल्याउन खोजिरहेको छ, उहाँ कहाँ हुनुहुन्छ हामीले पत्ता लगाउन सकेको छैनौँ ।’  

खनालले प्रयोग गर्र्दै आएको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा स्विच अफ रहेको देखिएको छ ।
 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार २२:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया