नेपाली बजारमा ‘रियलमी ८’ को नयाँ भेरियन्ट, यस्ता छन् विशेषता

नेपाली बजारमा ‘रियलमी ८’ को नयाँ भेरियन्ट सार्वजनिक भएको छ । स्काई ली कम्पनीले ६ जीबी ¥याम तथा १२८ जीबी इन्टरनल स्टोरेज क्षमता भएको रियलमी ८ नेपाली बजारमा भित्राएको हो । 

नेपाली बजारमा रियलमी ८ को मूल्य २७ हजार १९९ रूपैयाँ रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेको यस फोनमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा दिइएको छ । 

यसमा प्राइमरी सेन्सरको रुपमा ६४ मेगापिक्सल (एमपी) क्यामेरा छ । साथै ८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्ससहित चार क्यामेरा ट्रेन्डसेटिङका नयाँ फिचर छन् । त्यस्तै १६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटी, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् ।
फोनमा ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ, जसले यसमा रहेको ५००० एमएएच ब्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्नसक्छ । ब्याट्री ४० दिन स्ट्यान्डवाइ र निरन्तर खेल खेल्दा १० घण्टासम्म टिक्ने दाबी गरिएको छ । 

यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत मात्र ब्याट्री रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १५:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया