जगदम्बा स्टिलमा भएको तोडफोडप्रति महासंघको ध्यानाकर्षण

उद्योग वाणिज्य महासंघले सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा भदौ ११ गते तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तोडफोडमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न महासंघले माग गरेको छ । 

उद्योग पूर्वावस्थामै सञ्चालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग गर्नका लागि महासंघले संघीय सरकारसहित तीनै तहका सरकारसमक्ष आग्रह गरेका छन् । उद्योगले स्थानीय जनतालाई रोजगारी दिएर जनताको आर्थिक जीवनस्तर सुधारमा समेत ठूलो सहयोग पुर्याइरहेको अवस्थामा यस्ता घटना निन्दनीय रहेको महासंघले जनाएको छ । 
 
विज्ञप्तिमा भनिएको छ, ‘उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जबर्जस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिन, पार्किङ गरी राखिएका सवारीसाधन तोडफोड गरी ध्वस्त बनाउनु अत्यन्त दुःखद् कुरा हो ।’
 
भदौ ११ उद्योगको अमोनिया ग्यास टयांकबाट ग्यास लिक भई भएको घटनालगत्तै उद्योग परिसरभित्र स्थानीय बलजफ्ती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १७:५६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया