बाढीले मोटरेबल पुल बगाएपछि सेनाले बनायो अस्थायी काठेपुल

दार्चुला सदरमुकाम खलंगासँग दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएपछि नाजिङगाडमा नेपाली सेनाले अस्थायी काठेपुल बनाएको छ ।
 
आइतबार राति आएको बाढीले मोटरेबल पुल बगाउँदा स्थानीयलाई आवतजावतमा कठिनाइ भएपछि सेनाले अस्थायी काठे पुल बनाएको हो ।

नेपाली सेनाको गुरुगोरख दल गुल्म र स्थानीयको सहयोगमा मंगलबार अस्थायी काठेपुल निर्माण गरेको जनाइएको छ । पुल बनेपछि आवतजावतमा सहज भएको छ ।
  
आइतबार राति आएको बाढीले जिल्लामा रहेको अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा चमेलिया नदीले क्षति पुगाएको छ । निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

अपि गाउँपालिकाको ओखलनजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा र माटो भरिएको छ । यस्तै, निर्माणस्थलमा रहेका स्काभेटर, टयाक्टर, र निर्माण सामग्रीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार २०:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया