पाराल्याम्पिक : पलेशा पहिलो खेलमै पराजित

जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपाली खेलाडी पलेशा गोवद्र्धन पहिलो खेलमै पराजित भएकी छन् ।

उनी शुक्रबार तेक्वान्दोको के-४४ विधा अन्तर्गत महिला ५८ केजी मुनि तौल समूहमा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।

अन्तिम १६ अन्तर्गत भएको खेलमा पलेशा २१-८ ले पराजित भएकी हुन् । विजेता बेथले क्वाटरफाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग प्रतिस्पर्धा गर्नेछिन् ।

बेथले फाइनलमा स्थान बनाउन सफल भएमा पलेशाले रिपेचेजको नियम अनुसार पुनः खेल्ने मौका पाउने छिन् ।

वाइल्र्ड कार्डमार्फत सहभागिता जनाउने अवसर पाएकी पलेशा टोकियो पाराल्याम्पिक खेल्ने एक्लो नेपाली खेलाडी हुन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १०:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया