पाराओलम्पिक : पलेशा रिपेचेजको फाइनलमा

जापानको टोकियोमा जारी पाराओलम्पिकमा नेपाली खेलाडी पलेशा गोवद्र्धन रिपेचेजतर्फको फाइनल प्रवेश गरेकी छन् । 

के–४४ विधा अन्तर्गत महिला ५८ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले शुक्रबार भएको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभमाथि २३–१५ को जित निकालेकी हुन् । पलेशाले कास्य पदकका लागि चिनकी युजी लीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित हुँदै स्वर्ण जित्ने अवसर गुमाएकी पलेशाले रिपेचेजतर्फको क्वाटरफाइनलमा अमेरिकाकी ब्रायना सालिनारोलाई १०–० ले हराएकी थिइन् । 

वाईल्ड कार्डमार्फत सहभागिता जनाउने अवसर पाएकी पलेशा टोकियो पाराओलम्पिक खेल्ने एक्लो नेपाली खेलाडी हुन् । 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १७:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया