लिम्बु भाषाको ‘थेत्लङ’ अमेरिकामा प्रदर्शन हुने

लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक फिल्म ‘थेत्लङ’ आगामी अक्टोबर २ मा अमेरिकाको ज्याक्सन हाइटस्थित सत्यनारायण हलमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक किशोर सुब्बाका अनुसार त्यहाँ पहिलोपटक फिल्मको विशेष प्रदर्शन हुन लागेको हो । ​

ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई फिल्म निर्देशक तथा लेखक सागर केरुङले फिल्मको पटकथामा ढालेका छन् । 

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएकोे फिल्ममा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङलगायतले अभिनय गरेका छन् । 

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको फिल्ममा दिनेश माङ्मुको नृत्य, कुल्बा सुब्बा, राजु आङ्देम्बे, मणि ताम्लिङ र पविन आङदेम्बेको संगीत छ । 

मणि ताम्लिङ निर्माता रहेको फिल्ममा विराज लिम्बु सह निर्माता छन् । यो फिल्म काठमाडौं, धरानलगायतका स्थानमा प्रदर्शन भइसकेको छ । फिल्म हङकङ, कोरिया, यूकेलगायतका देशमा प्रदर्शनको तयारीमा छ । फिल्मले चारवटा एफएलएफए अवार्ड पनि जितेको छ । 

फिल्म प्रदर्शनका लागि किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक रहेको प्रदर्शन समिति बनाइएको छ । जसमा निर्देशक किशोर सुब्बा, लोक चेम्जोङ, वीरेन्द्र लाबुङ लिम्बू, प्रेम गुरुङ, सम्राट कार्की, केशवराम राई र किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ सदस्य छन् ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १२:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया