मंगलबार बजार फेरी राताम्मे

मंगलबार सेयर बजारमा फेरी दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्सेमा १६१ अंकको उच्च बृद्धि भएको थियो । तर, मंगलबार फेरी ४४ दशमलव १८ अंकले खस्दै नेप्से २९३६ दशमलव ६० मा रोकिएको छ । 

मंगलबार सेन्सेटिभ इन्डेक्समा पनि ५ दशमलव ०५ अंकले गिरावट आएको छ ।  

मंगलबार बजारमा १५ करोड २ हजार ८१ कित्ता शेयर किनबेच हुँदै ७ अर्ब ४९ करोड ५ लाख १२ हजार १६१ रुपैयाँको कारोबार भएको छ । 

मंगलबार बजार अधिकांश उप-समूहमा गिरावट आएको छ ।  बैंक, होटेल, विकास बैंक, जलविद्युत फाइनान्स, बीमालगायतका उप-समूहमा गिरावट आएको हो ।





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १५:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया