अफगानिस्तानको चुनावी सभामा आक्रमण : १३ को मृत्यु, ३२ घाइते

अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा भएको एक चुनावी सभामा बम आक्रमण भएको छ ।

अफगान अधिकारीका अनुसार आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागरिक र सुरक्षाकर्मीसमेत छन् । 

आक्रमणमा ३२ जना घाइते भएका तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले जनाएका छन् ।

रुस्ताक जिल्लामा आयोजित चुनावी सभालाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्किएको असरले बताए । 

सभालाई सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नुभन्दा केही अघि विस्फोट भएको थियो । 

आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । तर, तालिबान लडाकु यस प्रान्तमा सक्रिय रहेकाले आक्रमणमा तालिबानको हात रहेको अनुमान छ । विगतमा भएका यस्तै आक्रमणमा उनीहरूले नै जिम्मेवारी लिँदै आएका छन् । 



२० अक्टोबरमा हुने संसदीय चुनावको सिलसिलामा प्रचारका कार्यक्रमहरू बढिरहेका वेला देशैभर आक्रमण जारी छ ।

गत साता पनि हेल्मन्ड प्रान्तमा एक उम्मेदवारको हत्या भएको थियो ।



  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १७:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया