सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रीको नाम चाँडो दिन देउवाको आग्रह
फाइल फाेटाे

सत्ता गठबन्धनको बालुवाटारमा जारी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिमात्र सकिएको बैठकमा सरकार विस्तार लगायतका विभिन्न समसामयिक विषयमा छलफल भएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल सहभागी भएका थिए । 

बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको बैठक आजै फेरि साँझ बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालले सरकार विस्तार गर्न ढिला भएको भन्दै मन्त्रीहरूको नामावली छिटो उपलब्ध गराउन नेताहरूलाई आग्रह गरेका थिए । ‘फेरि साँझ बैठक बस्ने कुरा भएको छ’ बालुवाटार स्रोतले फरकधारसँग भन्यो,‘प्रधानमन्त्रीज्युले सरकार विस्तार गर्न ढिला भएको भन्दै नेताहरूलाई मन्त्रीको नाम उपलब्ध गराउन भन्नुभएको छ ।’

गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको मन्त्रीपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । उनको मन्त्रिमण्डलमा अहिले ४ मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।


 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १२:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया