राडुकानुले उचालिन् युएस ओपनको उपाधि

१८ वर्षीय बेलायती खेलाडी एम्मा राडुकानुले युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि हात पारेकी छन् । 

उनले आइतबार बिहान भएको फाइनलमा क्यानडाकी १९ वर्षीय खेलाडी लेला फर्नान्डेजलाई सोझो सेटमा पराजित गर्दै आफ्नो करिअरको पहिलो ग्रान्डस्लाम उपाधि उचालिन् ।

फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमका पराजित गर्दै एम्मा ४४ वर्षपछि कुनै पनि ग्रान्डस्लाम उपाधि जित्ने बेलायती महिला खेलाडी बनिन् । 

पछिल्लोपटक सन् १९७७ मा भर्जिनिया वेडले बेलायतका लागि विम्वल्डनको उपाधि जितेकी थिइन् ।  

‘यो उपाधि भिर्जिनिया वेड र टिम हेममेनका लागि पनि निकै अर्थपूर्ण छ’, राडुकानुले खेलपछि भनिन्, ‘किनकि बेलायतका यी महान् खेलाडीको पाइला पछ्याउँदै गर्दा मलाई विश्वास भयो की म पनि यो गर्न सक्छ्ु ।’  


 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १०:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया