हेमराजले विराटनगरबाट इपिएल खेल्ने

वेस्ट इन्डिजका ओपनर चन्द्रपल हेमराजले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । 

विराटनगरले तेस्रो विदेशी खेलाडीको रूपमा २८ वर्षीय ओपनर चन्द्रपललाई टोलीमा अनुबन्ध गरेको हो । 

बायाँ हाते ओपनर चन्द्रपलले ६ ओडिआई, ३१ प्रथम श्रेणी, ४० लिस्ट ए र ३० टि-२० खेल खेलेका छन् । ६ ओडिआईमा उनले ८२ रन बनाएका छन् । जारी क्यारेवियन प्रिमियर लिग (सिपिएल)मा गुयाना एमेजन वारियर्सबाट बार्बाडोस रोयल्सविरुद्ध ५६ बलमा १४ चौका र ५ छक्कासहित १०५ रनको शतकीय इनिङ खेलेका थिए ।

यसअघि विराटनगरले विदेशी खेलाडीको रूपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा र क्यानडाका तीव्र गतिका बलर रयान खान पठानलाई अनुबन्ध गरेको थियो।

विराटनगरबमा सौरभ खनाल, अनिल खरेल, सुमित महर्जन, करण केसी, हरि चौहान, अनिल कुमार शाह, आसिफ शेख, वसन्त रेग्मी, प्रतिश जिसी, सोनु देवकोटा लगायतका खेलाडीहरू रहेका छन् ।

इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरकाे टियु मैदानमा हुँदैछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । 
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १३:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया