दसैंका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न सकिने

नेपालीहरूको महान पर्व दसैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधरणले आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट साट्न पाउनेछन् ।

बैंकहरूको मागका आधारमा दसैं आउनुभन्दा झण्डै एक महिनाअघि नै बजारमा नयाँ नोट पठाउने तयारी भएको हो ।

यो वर्षको दसैंका लागि राष्ट्र बैंकले ३ अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट पठाएको जानकारी दिएको छ । प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

एक व्यक्तिले रु ५, १०, २०,५० र १०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न सक्नेछन् ।

नयाँ नोट साट्नका लागि काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालय र वाणिज्य बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १३:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया