प्रदेश १ मा एमाले सरकारलाई समर्थन नरहेको भन्दै एकीकृत समाजवादीले बुझायो पत्र

प्रदेश १ मा भीम आचार्य नेतृत्वको एमाले सरकारलाई समर्थन नरहेको भन्दै एकीकृत समाजवादी पार्टीले प्रदेश सचिवालयमा पत्र बुझाएको छ । समाजवादीकी नेत्री सावित्रा रेग्मीले विराटनगरस्थित प्रदेश सभामा पत्र बुझाउँदै सरकारलाई सोमबारबाटै पार्टीको समर्थन नरहेको बताइन् । 

यसअघि, समाजवादीको बैठकले प्रदेशको संसदीय दलको नेतामा राजेन्द्र राई चयन गरेको पत्रसमेत प्रदेश सचिवालयमा बुझाएको थियो।
 
समाजवादीका १० जना प्रदेश सदस्यले सरकारलाई समर्थन नरहेको पत्र बुझाएसँगै प्रदेश १ मा एमाले ४१ प्रदेश सभासदस्यमा खुम्चिएको छ। 
मुख्यमन्त्री भीम आचार्यले अब ३० दिनभित्र बहुमत पुर्याउनुपर्ने छ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १९:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया