प्रचण्ड सबै किसिमले राम्रो तर छट्टु, धोकेबाज, बेइमान नेताः केपी ओली
फाइल तस्वीर ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लाग्नु राजनीतिक जीवन अन्त्य गर्नु भएको बताएका छन् ।

झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका ओलीले प्रचण्डको पछाडि लाग्नु राजनीतिक जीवन अन्त्य गर्नु बताएका हुन् ।

‘प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नगर्न म माओवादी केन्द्रमा अहिलेसम्म अलमलमा पर्नुभएका साथीहरुलाई सहज हुन आग्रह गर्छु,’ ओलीले भने, ‘प्रचण्ड अरु सबै हिसाबले राम्रा होलान् तर धोकेबाज नेता हुन् ।’

ओलीले प्रचण्ड राम्रो सम्धी, राम्रो ससुरा, राम्रो ज्वाइँ, राम्रो बाबु, राम्रो काका भए पनि बेइमान नेता भएको पनि बताएका छन् ।

‘उहाँ सबै हिसाबले राम्रो हुनुहुन्छ,’ ओलीले भने, ‘तर, उहाँको एउटा खराबी छ– उहाँ छट्टु, धोकेबाज र बेइमान नेता हो ।’

ओलीले अब प्रचण्डले पनि वडामा जित्न समस्या हुने बताएका छन् । यसअघि उनले नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपालले अबको निर्वाचनमा वडा सदस्य पनि नजित्ने बताएका थिए ।





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १६:२३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया