पर्सा राष्ट्रिय निकुञ्जबाट १०३ केजी गाँजासहित एक जना पक्राउ

नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्ज भित्रबाट एक जनालाई १०३.९२ केजी गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–३ हाँडीखोला बस्ने २८ वर्षीय बुद्ध बहादुर व्लोन लामा रहेका छन् । 

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गठबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको टोलीले उनलाई पक्राउ गरेको हो । 
विशेष सूचनाको आधारमा निकुञ्ज भित्रको भैंसे खोलमा अवैध रुपमा गाँजा लैजादै गरेको अवस्थामा लामालाई सोमबार पक्राउ गरिएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

पक्राउ परेका लामालाई पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाइएको सेनाले जनाएको छ । 
 





  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १७:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया