फोनपेको दैनिक कारोबार ३० करोडमाथि

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लि.मा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो । 

कम्पनीले सेवा सुरु गर्नेबित्तिकै कोभिड १९ महामारीका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । 

हाल फोनपेको क्युआरमार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दामाथिको कारोबार हुँदै आएको कम्पनीको दाबी छ । यस्तै, अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रुपैयाँबराबरको सेटलमेन्ट हुँदै आएको बताइएको छ ।

फोनपे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् । 

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो । जसले ग्राहक, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । 

फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।



पmोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । 

एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाखभन्दा बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । 



फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड ‘पिसिआई डिएसएस भी थ्री.टु.वान( प्रमाणीकरण प्राप्त संस्था हो ।
 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया