ट्रोलको सिकार भइन् नेहा कक्कड

बलिउडमा गायिका नेहा कक्कडको राम्रै चर्चा छ । उनले गाएका थुप्रै गीत स्रोताको मनमा बसेका छन् । नेहाका गीतका प्रशंसक नेपालमा पनि थुप्रै छन् ।

उनै नेहा पछिल्लो समय ट्रोलको सिकार बनिरहेकी छन् । उनी आफ्नै गीतका कारण ट्रोलरको निशानामा परेकी हुन् ।

खासमा पछिल्लो पटक उनले गाएका गीत उनका फ्यानलाई मन परेका छैनन् । पछिल्लो पटक नेहाले आफ्ना भाइ सोनु र गायक हनी सिंहसँग मिलेर ‘काँटा लगा’बोलको गीत सार्वजनिक गरिन् । उनको यो गीत फ्यानले मन पराएनन् ।

गीतसँगै नेहाले तस्वीर पनि सार्वजनिक गरिन् । उनी सोही तस्बीरका कारण ट्रोलको सिकार भएकी हुन् । नेहाले तस्वीरमा शिमरी गुलाबी करसेटका साथ हरियो स्कर्ट लगाएकी छन् । जसमा उनले दुक्स ब्लान्ड बनाएकी छन् । नेहा यही फेसनका कारण ट्रोलको सिकार बनेकी हुन् ।

यो लुक्स कपि गरेका कारण ट्रोलरको निशाना परेकी नेहाको लुक्सलाई लिएर धेरैले मजाका उडाएका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १०:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया