बिग बोसको आगामी सिजनका लागि सलमानले लिए ३५० करोड

बलिउड अभिनेता सलमान खानले ‘बिग बोस–१५’ को नयाँ सिजनका लागि ३ सय ५० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । उनलाई नयाँ सिजनको उद्घोषण गर्न उक्त रकम दिइने भएको हो ।

सलमानले १५ प्रतिशत पारिश्रमिक बढाउनु पर्ने माग गरेका थिए । बिग बोसको नयाँ सिजनको तयारी सुरु भएको छ । नयाँ सिजनको तयारी भएसँगै सलमानलाई मागेको पारिश्रमिक दिइने बताइएको छ ।

सेप्टेम्बर १८ मा बिग बोस ओटीटी सकिँदैछ । त्यसपछि ‘बिग बोस–१५’ को नयाँ सिजन प्रसारण हुनेछ । नयाँ सिजनको सुरुवात अभिनेत्री रेखाको आवाजमा रेकर्ड भएको प्रोमोबाट हुने सलमान खानले बताएका छन् ।

बिग बोसको नयाँ सिजनमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल लगायतका सेलीब्रेटीको सहभागिता रहने छ ।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ९:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया