उत्तर कोरियाको चेतावनी– ओकस सम्झौताबाट खतरा भए उपाय निकाल्छौं

अमेरिका, अस्ट्रेलिया र बेलायतबीचको ओकस सम्झौताबाट रुष्ट बनेको उत्तर कोरियाले आफूमाथि खतरा उत्पन्न भएका उपाय निकाल्ने चेतावनी दिएको छ । 

यो सम्झौताबाट यसअघि नै चीन र फ्रान्स रुष्ट बनेका छन् । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै यसबाट कुनै खतरा उत्पन्न भएमा त्यसको उपाय खोज्ने बताएको हो । 

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले विदेश मन्त्रालयका अधिकारीले वक्तव्य जारी गरेको उल्लेख छ । जसमा भनिएको छ, ‘अमेरिका, अस्ट्रेलिया र बेलायतबीचको यो सम्झौता धेरै खतरनाक रहेको भन्दै उसले एसिया प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन नष्ट गर्ने र यसले हतियारको दौड बढाउने छ ।’

उत्तर कोरियाली अधिकारीले सम्झौतामाथि सुरुदेखि नै नजर राखेको उल्लेख गर्दै आफ्नो देशलाई सानो पनि असर परेमा त्यसविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् । तीन देशले गत साता ओकस सम्झौता घोषणा गरेका थिए । 

यसअनुसार अस्ट्रेलियाले कम्तीमा ८ वटा परमाणु ऊर्जाले चल्ने पनडुब्बी पाउनेछ ।  यसका साथै अमेरिकाले अस्ट्रेलियासँग प्रविधि समेत साझा गर्दैछ । 
यसलाई हिन्द प्रशान्त क्षेत्रमा चीनको दबदबा कम गर्ने पश्चिमा रणनीतिका रुपमा हेरिएको छ ।  
 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १०:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया