अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । छोरी जन्मिएपछि अभिनेत्री कार्कीले फेसबुकमार्फत शुभचिन्तकसँग खुसी साटेकी छन् । छोरीसँगको तस्वीर सार्वजनिक गर्दै प्रियंकाले छोरीलाई जीवनमा स्वागत गरेकी छन् ।
उनले आफ्नी छोरीको नाम आयांका कार्की जोशी राखेकी छन् । प्रियंका दम्पतीले यो नाम आफ्नाे विवाह अघि नै जुराएका थिए । प्रियंकाले छोरीको तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘सानो परीलाई हाम्रो संसारमा स्वागत छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।