भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’लाई मदन पुरस्कार, भैरवबहादुर थापालाई जगदम्बा श्री

मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार रजगदम्बा श्री पुरस्कार पाउने कृति र व्यक्तिको नाम सार्वजनिक गरेको छ । गुठीको बिहीबार बसेको बैठकले भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै, यस वर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।

मदन पुरस्कार गुठीले २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट ९ वटा कृतिलाई श्रेष्ठ सूचीमा सार्वजनिक गरेको थियो ।

जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह थिए ।

पुरस्कृत कृतिले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको गुठीले जनाएको छ ।

 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार २०:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया