logo-img

दुनियाँले कुल्चेको बाटोमा कसरी हिँडूँ म ?

कसैको निर्देशनमा हिँड्न मेरो स्वीकार छैन
चाहिँदैन कसैको पदचिह्नको आधार पनि मलाई
लिएर मन लागेको बाटो, त्यसमा पानी हाल्दै काँडा उमार्छु
र, म त्यसमाथि कुल्चेर प्रत्येक कदम अघि बढ्छु 

शूल (पेट दुख्ने)सँग प्रेम छ मेरो, फूलमाथि कसरी हिँडूँ ?

बत्तीलाई बाँधेर हृदयको आगो चुपचाप बलिरहेको छ
र, अँध्यारोसँग हारेर चुपचाप सिर झंकृत भइरहेको छ
संसारलाई त्यो दीपको सीमित टुक्रो जीवन सुहाउँछ
यो जगमग रूप मेरो विश्वमा भय नै जगाउँछ

प्रलयको ज्वाला लिएको छु, दीप बनेर कसरी बलूँ ?

दुनियाँले मलाई देखाइरहेको छ मन्दिर र मठको बाटो
एक प्रतिमामा विश्वासको हरेक स्वास अड्किएको छ
चाहन्छु- भावना चढाऊँ अहिले त
सोच्छु- ढुंगामा पनि प्राण भरिन्छ कहिले त

तर, म स्वयम् नै भगवान् हूँ, यो सत्यलाई कसरी लुकाउँ म ?



(भारतीय लेखक परसाईं विशेषगरी व्यंग्य लेखनमा प्रसिद्ध छन् । उनले थोरैमात्र कविता लेखेका छन् ।) 



  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया