कुलेखानी जलाशय भरिने सम्भावना, सतर्कता अपनाउन आग्रह

मकवानपुरको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय भरिएर पानी बाहिरिन सक्ने भन्दै कुलेखानी जलविद्युत आयोजनाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ । 

जलविद्युत आयोजनाको जलाशयमा १ हजार ५३० मिटर पानी संकलन गर्न सकिन्छ । आइतबार दिउँसो १२ बजेसम्ममा १ हजार पाँच सय २९ मिटर ५६ सेन्टिमिटर पानीको सतह मापन गरिएको जानकारी गराउँदै कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख धिरेन्द्र चौधरीले जलाधार क्षेत्रमा ठूलो पानी पर्‍यो भने जलाशय भरिएर पानी बाहिरिन सक्ने भएकोले सतर्क रहन जानकारी गराइएको बताए ।

कुलेखानी प्रथम जलविद्युत केन्द्रले असोज ७ गते नै तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ । विद्युत् उत्पादनको तुलना मागको दर कम भएसँगै प्राधिकरणको पावर ब्याकअपको रूपमा रहेको कुलेखानी दैनिक बढीमा ५ घण्टा मात्रै सञ्चालन गरिएको केन्द्र प्रमुख चौधरीले बताए  । 

मानवनिर्मित जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना १, २ र ३ गरी कुल एक सय छ मेगावाट क्षमता रहेको छ । 

कुलेखानी जलविद्युत आयोजनाको जलाधार क्षेत्रमा ठूलो पानी पर्‍यो भने एक घण्टामै जलाशय भरिएर पानी बाहिरिन सक्ने केन्द्र प्रमुख चौधरीले बताएका छन् ।  





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १९:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया