भुक्तानी गर्न बाँकी कोरोना बिमाबारे अर्थमन्त्रीको चासो

विभिन्न बिमा कम्पनीले भुक्तानी गर्न बाँकी कोरोना बिमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । 
 
बुधबार मन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीलाई बोलाएर कोरोना बिमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत–साधन र उपायका विषयमा छलफल गरेका हुन् । 

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई उनले निर्देशन दिएका छन् । 
 
विभिन्न बिमा कम्पनीले बीमितलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । 





  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १८:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया