नर्भिकका दुई डाक्टरले शनिबार निःशुल्क सेवा दिने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिबार दुई विशेषज्ञ डाक्टरले निःशुल्क सेवा दिने भएका छन् । 

बिरामीहरूले बिहान १० देखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपिडी सेवा पाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नर्भिकका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिनेछन् ।
  
पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिकलगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाडजोर्नीसँग सम्बन्धित समस्या भएकाले डा जोशीको निःशुल्क सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ ।
 
नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया