आइपिएल : कलकत्तामाथि पन्जाबको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबारको खेलमा पन्जाब किङ्सले जित निकालेको छ । उसले कलकत्ता नाइटराइडर्सलाई ५ विकेटले हराएको हो।

कलकत्ताले दिएको १६६ रनको लक्ष्य पन्जाबले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्‍याे ।

पन्जाबको जितमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय पारी खेले ।  ५५ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । मायांक अग्रवालले ४०, शाहरुख खानले अविजित २२ रन बनाए ।

कलकत्ताका वरुण चक्रवर्तीले २, शिभम् माभी, सुनिल नारायण र भेन्कटेस अय्यरले १-१ विकेट लिए ।

यस अघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

कलकत्ताका लागि भेन्कटेस अय्यरले ४९ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतमा ६७ रनको अर्धशतकीय पारी खेले । राहुल त्रिपाठीले ३४ र नितिस रानाले ३१ रन बनाए ।



पन्जाबका अश्रदिप सिंहले ३, रबी बिस्नोईले २, मोहम्मद शामीले १ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो जितसँगै पन्जाब १२ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा उक्लिँदा समान खेलबाट समान अंक जोडेको कलकत्ता रन रेटमा अघि रहँदै चौंथो स्थानमा छ। 



  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार ७:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया